काठमाडौं- पछिल्लो २४ घण्टामा उपत्यकामा १५३३ सहित देशभर २८१७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख ४० हजार ०७७ जनाको पिसिआर परीक्षण भएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९४,४०० नाघेको छ। तीमध्ये ८१.१ प्रतिशत अर्थात् १,५७,९२६ जना सङ्क्रमणमुक्त भएका छन्।
विगत २४ घण्टामा २,८१२ जना निको भएको मन्त्रालयले जनाएको छ।शनिवार २,७५३ जनामा सङ्क्रमण र जनाको मृत्यु भएको पुष्टि भएको थियो।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७