काठमाडौं– दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ ।
मिसनमा तैनाथ तारादल गण (शा.से.)छैठौं डफ्फालाई बदली गर्नको लागि आज प्रमुख सेनानी सुशिल प्याकुरेलको कमान्डमा गोरख बहादुर गण (शा.से.)सातौँ डफ्फाको २१३ जना जना नेपाली शान्ति सैनिक, मिशनइलाका तर्फ प्रस्थान गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरूपगरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको रक्षा मन्त्रलायले जनाएको छ ।
सोही क्रममा दक्षिण सुडानबाट सेनानी दिपक अर्यालको कमान्डमा २११ जना शान्ति सैनिकहरू सोमबार (कार्त्तिक२४) गते बिहान नेपाल आइपुग्ने मन्त्रलायले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७