काठमाडौँ -कोरोना संक्रमण पुष्टि भएका चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। उनलाई कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।
संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७