काठमाडौँ -पछिल्लो २४ घण्टामा ३०५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन। संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ । कोरोनाको आशंकामा हालसम्म १५ लाख ७ हजार १९० जनाको पिसिआर परीक्षण भएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७