आत्महत्या दुरू त्साहनको अभियोगमा बुधबार पक्राउ परेका भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ।
गोस्वामीसँगै अन्य दुईलाई पनि बुधबार राति न्यायिक हिरासतमा पठाइएको छ। न्यायिक हिरासतमा पठाइएका अर्नबका वकिलले जमानतका लागि निवेदन दिइएको र सोको सुनुवाइ आज बुधबार हुनसक्ने बताएका छन्।
अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो। प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ।
अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआइडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७