श्रीलङ्काको समुद्री तटमा अलपत्र परेका १०० वटाभन्दा बढी ह्वेललाई उद्धार गरी समुद्रमा नै फर्काइएको छ। उद्धारकार्य मङ्गलवार रातभरि गरिएको थियो।
पानादुरानजिकै समुद्री तटमा सामूहिक रूपमा आइपुगेकामध्ये तीनवटा पाइलट ह्वेल र एउटा डल्फिनको भने मृत्यु भएको छ।
पर्यावरण संरक्षण अधिकारी, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा श्रीलङ्ककाको जनसेनाले उद्धारकार्य सञ्चालन गरेको थियो। श्रीलङ्कामा पहिलो पटक त्यति ठूलो सङ्ख्यामा ह्वेलहरू समुद्रको किनारामा अलपत्र परेको ठानिएको छ। ह्वेलहरू किन त्यसरी समुद्री तटमा आउँछन् भन्ने थाहा हुन सकेको छैन।
यसरी गरियो उद्धार
कोरोना भाइरस महामारी फैलिन दिन लगाइएको निषेधाज्ञा अवज्ञा गर्दै स्थानीय गाउँलेहरू जलसेना र तटीय सुरक्षाकर्मीसँगै ती समुद्री जीवको उद्धार गर्न गएका थिए। उनीहरूले सानो आकारका ह्वेलहरूलाई धकेल्दै गहिरो पानी भएको ठाउँमा पुर्याउन सघाए। त्यसपछि ह्वेलहरू आफैँ पौडी खेल्दै समुद्रमा फर्किए।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७