काठमाडौँ -बितेको २४ घण्टामा उपत्यकामा १८७८ सहित ३३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी गराएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको हो।यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् हाल देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पिसिआर परीक्षण भएको छ।
यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७