काठमाडौँ -वीर अस्पतालमा आकस्मिक कक्षमा कार्यरत डाक्टरहरुले सामुहिक राजिनामा दिएका छन्। आफ्ना माग र सुरक्षामा ध्यान नदिएको भन्दै १६ जना डाक्टरहरुले एक साथ राजिनामा दिएका हुन्।
अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’
की हामीले गरे जस्तो गर हैन भने राजिनामा देउ भन्ने अभिव्यक्ति आएपछि सामुहिक राजिनामा दिएको उनीहरुले बताएका छन्। तर अस्पतालका डाइरेक्टर डा. केदार सेन्चुरीले भने डाक्टरहरुले काम गर्दैनौँ भन्न नमिल्ने बताउँछन् ।
सामूहिक राजीनामा पत्र :
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७