रिपब्लिक टिभीका प्रधानसम्पादक अर्नब गोस्वामीलाई बुधबार राइगढ प्रहरीले पक्राउ गरेको छ । सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।
गोस्वामीमाथि ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई बाध्य पारेको आरोप छ । मुम्बई प्रहरीका अनुसार रिपब्लिक टिभीले पैसा नतिरेको भन्दै सन् २०१८ मा ती इन्टेरियर डिजाइनर र उनकी आमाले आत्महत्या गरेका थिए ।
जी मिडियासँग कुराकानी गर्दै इन्सपेक्टर सचिन भाजेलेअर्नबलाईआईपीसीको सेक्सन ३०६ र सेक्सन ३४ अन्तरगत पक्राउ गरिएको हो ।
यता, अर्नब गोस्वामीले पक्राउ गर्ने क्रममा आफूलाई मुम्बई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । बुधबार बिहान अर्नबलाई पक्राउ गर्न मुम्बई प्रहरीका एक दर्जन अधिकारी उनको निवास पुगेको थियो । जी न्यूजले समाचार प्रकाशित गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७