काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ४३७ पुगे जना सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७