काठमाडौँ । जाडो मौसम सुरु भएसँगै बदाम बजार छ्यापछ्याप्ती देखिन्छन् । धेरैले जाडोको समयमा घाममा बसेर बदाम खानमा रमाइलो मान्ने गर्छन् । तर मानिसले बदाम खाने गरे पनि यसका फाइदाका बारेमा भने खासै जानकार हुँदैनन् । हामीले खाने बदामले के–कति फाइदा गर्दा छ ?
बदाम खानुका फाइदाः
मुटुरोगीका लागि फाइदाजनक: नियमित बदाम खाँदा हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ। बदाममा हुने ‘एन्टी अक्सिडियन्ट’ र खनिज तत्त्वले स्वास्थ्यलाई फाइदा पुर्याउँछ ।
मधुमेहबाट जोगाउँछ: बदामले मधुमेहबाट पनि जोगाउन मद्दत गर्छ । यसमा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ ।
डिप्रेसनबाट बचाउँछ: बदाममा ‘ट्राइपटोफन’ नामक तत्व पाइन्छ । यसले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनावबाट मुक्त हुनका लागि दैनिक एक मुठी बदाम खाँदा फाइदा हुन्छ ।
वजन नियन्त्रण गर्न सहयोग पुर्याउँछ: बदाम खाँदा पेट छिट्टो डुम्म हुन्छ । जसले गर्दा धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल कम हुने सम्भावना हुन्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ ।
गर्भवती र शिशुलाई फाइदा: बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा गर्छ । गर्भाधारणको शुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खाँदा फाइदाजनक हुन्छ ।
छालामा चमक आउँछ: बदाममा हुने ‘मोनोस्याचुरेटेडफ्याट्स’ र ‘रिजर्भेट्रोल’तत्वले छालालाई चम्किलो बनाउँछ । साथै यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ।
नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।
विभिन्न पत्रपत्रिकाबाट
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७