काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३० कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।
हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् ।
यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको भएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७