काठमाडौँ -ड्युक अफ क्याम्ब्रिज तथा राजकुमार विलियम यसअघि नै कोभिड–१९ बाट संक्रमित बनेको खुलासा भएको छ । उनको पिता प्रिन्स अफ वेल्ससँगसँगै उनी गत अप्रिलमा संक्रमित बनेको दरवार स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सन पत्रिकाका अनुसार ३८ वर्षीय राजकुमारले देशलाई ‘नअत्तलाउन’ आफ्नो स्वास्थ्य अवस्था गोप्य राखेका हुन् । केन्सिङटन प्यालेसले यस विषयमा औपचारिक प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ ।
उनलाई नर्कफोकमा रहेको एनमर हलमा राखेर डाक्टरहरुले उपचार गरेको र सरकारको निर्देशिका पालना गरेर आइसोलेसनमा बसेको द सन पत्रिकामा उल्लेख गरिएको छ ।
यसअघि, प्रिन्स चार्ल्सलाई मार्चमा संक्रमण पुष्टि भएको थियो । लक्षण देखिए पछि उनी स्कटल्याण्डमा आइसोलेसनमा बसेका थिए । अप्रिलमा प्रधानमन्त्री बोरिस जोनसोन संक्रमित भएपछि अस्पतालको आईसीयूमा मा राखेर उपचार गर्न परेको थियो । बेलयातमा हालसम्म १० लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७