काठमाडौँ - काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३५१७ जना कोरोना संक्रमित थपिएको मध्ये
उपत्यकामा १८८८ संक्रमण भेटिएको हो।
मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७