अमेरिका । प्रख्यात ब्यावसायी एवं समाजसेवी माधव ढकालले दक्षिणपुर्वी अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था, नेप्लीज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) को अध्यक्षमा उम्मेद्धवारि घोषण गर्नुभएको छ ।
विगत २० बर्षदेखि नासामा सक्रिय रहनेक्रममा कार्यसमिति सदस्यकाे जिम्मेवारि सम्हलि सक्नुभएका ढकालले सन् २०१५ मा सम्पन्न सम्मेलनमा मुख्य संयोजकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । नासाको संगठन विस्तार र संस्थागत सुधारमा महत्वपुर्ण योगदान दिएका ढकालले वर्तमान कार्यसमितिको बहुसंख्यक सदस्यहरुको आग्रहमा नै आफुले उम्मेद्धवारि दिनलागेको बताउनु भएको छ । “मलाइ संगठन भित्रका अधिकांश सथिहरुले एकपटक नेतृत्व लिन आग्रह गर्नु भएको छ,” ढकालले भन्नुभयो,“विगतको मेरो कामको मुल्यांकन र नयाँ एजेन्डाहरुको आधारमा नै वहाँहरुको सहयोग हुनेछ ।”
आगामि सेप्टेम्बर १ देखि ३ तारिखसम्म नर्थ क्यारोलीनामा हुने सम्मेलनका लागी ढकालले आफ्नो प्रतिवद्धताहरु पनि सार्वजनिक गरिसक्नु भएको छ । संस्थामा देखिएको राजनीतिक प्रभाव अन्त्य गर्ने, नयाँपुस्तामा नासाको आकर्षण बढाउने, सस्थामा अवद्ध सदस्यहरुको आर्थीक समाजीक विकासका लागी विशेष कार्यक्रम लागु गर्ने वहाँकोे योजना छ । त्यसैगरि कम्यूनीटि सेन्टर निर्माणको कामलाइ तिव्रता दिने, नेपाली पाठशाला विस्तार गर्ने र नेपाली कलासाहित्यको प्रवर्धनमा विशेष योजना लागु गर्ने पनि ढकालको एजेन्डा रहेको छ । “मैले नासाको कार्यसमितिमा लामो समय काम गरेको अनुभव र वर्तमान अवस्थामा अमेरिकामा रहेका नेपालीहरुको चाहनाको आधारमा म अधि बढ्ने छु ।” ढकालले आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै भने । उनले सर्वसम्मत नेतृत्व चयनका लागी पनी प्रयास भैरहेको भएता पनी निर्वाचन कार्यक्रम सार्वजनिक भएपछि मात्र त्यसको टुंगो लाग्ने जानकारि दिए । संस्थामा लामो योगदान दिएका अग्रज र नयाँ उर्जावान सदस्यहरुलाइ समेटेर लैजाने ढकालको योजना छ ।
विगत २५ वर्षदेखि नर्थ क्यारोलीनाको ग्रिनसबोरोमा बस्दै आएका ढकाल पेशाले ब्यांकर हुन् भने उनको हाउजींग, रेष्टुरेन्ट, ग्यास स्टेसन लागायतका व्यवसायमा पनी संलग्न छन् । लेबर डे को दिन हुने सम्मेलनको लागी नासाले शौभाग्यलाल श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २, २०७४