काठमाडौं । साताको अन्तिम दिन अर्थात दशैँपछिको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। आज प्रति तोला २ सय रुपैयाँले सुनको मूल्य घटेको हो। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारका लागि चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७