काठमाडौँ ।भिटेनका नामले चर्चित र्यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।
भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भिटेनले युट्युबमा ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।
यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७