काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । दशैँ अघिको तुलनामा एक हजार रुपैयाँ सुनको र पचास रुपैयाँका चाँदी मूल्य घटेको हो । दशैँ अघिको तुलनामा दशैँ सकिए लगत्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्य अनुसार सुनको मूल्य घटेको हो।
कात्तिक ६ गते प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य कात्तिक १३ गते प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य समेत घटेको छ। कात्तिक ६ गते १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य कात्तिक १३ गतेका लागि ११ सय ८० रुपैयाँ तोकिएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७