चन्द्रमामा पानी रहेको पत्ता लागेको छ । नासाले सोमबार साँझ यसको खुलासा गरेको हो । जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित दुईवटा पेपरमा चन्द्रमामा पानीबारे उल्लेख छ ।
मलिकुलर वाटर रहेको पत्ता लागेपछि नासाले लुनार बेस स्थापनाको आशामा बल पुग्ने जनाएको छ । वैज्ञानिकहरुले चन्द्रमाको माटोमै पानी मिसिएको तथ्य पत्ता लगाएका हुन् । पानी भेटिएको क्षेत्रमा सूर्यको प्रकाश पुगिरहने गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७