काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
यसैगरी देशभर २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ८ सय ४६ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ र
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ८ सय ४२ पुगेको छ । हाल सक्रिय संक्रयिमत संख्या ४६ हजार ५७ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७