काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना २ हजार २ सय २५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ।
यसैगरी आज २ हजार ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेका छन् । यसैगरी आज १३ सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या ८ सय ४२ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७