काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी जानकारीमूलक मिडिया ब्रिफिङ फूलपाती देखि नहुने भएको छ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार दशैँ बिदा पर्न गएकाले शुक्रबारदेखि पाँच दिनसम्म ब्रिफिङ नहुने भएको हो। तर कोरोनाबारे सबै जानकारी भने मन्त्रालयको वेबसाइट मार्फत जानकारी गराइने उनले जानकारी दिए। आउँदो बुधबारदेखि पुन ब्रिफिङ गरिने गौतमले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७