पछिल्लो २४ घण्टामा देशभर कोरोना ३६३७ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
त्यस्तै उपत्यकामा १५५२ नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा १२८३ जना, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेको मन्त्रालयका प्रवक्ता गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ। देशमा कुल संक्रमितमध्ये ६९.२ प्रतिशत निको भएका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७