काठमाडौं- पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटा र उनकी श्रीमती तारा मानन्धरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफू र आफ्नो श्रीमतीलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
बिहीबार दिउँसो ट्विट गर्दै बाँस्कोटाले आफू र श्रीमतीलाई काेराेना पाेजेटिभ भएकाे जानकारी दिएका हुन्। बाँस्कोटाले आफूमा कुनै लक्षण नभएको तर श्रीमती मानन्धरमा भने लक्षणसहित संक्रमण पुष्टि भएको बताएका छन्। तर उनका दुवै छोराहरूमा भने कोरोना संक्रमण नदेखिएको ट्विटमा उल्लेख छ।
बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ। दुवै छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७