काठमाडौँ । लेबनानको फोर्स कमान्डरले नेपाली सेनाका स्वास्थ्यकर्मीहरूको प्रशंसा प्रशंसा गरेको छ । लेबनानमा गत साउन २० गते भएको विस्फोटबाट छरपस्ट रहेका Debris हटाई नयाँ निर्माणका लागि सो क्षेत्र सफाइ कार्यमा संलग्न फौजलाई कोभिड–१९ को बारेमा सुरक्षा सचेतना अपनाई सुरक्षित कार्य गर्ने वातावरण बनाएको र सफाइ कार्यको दौरान घाईते भएका ८ जना कामदारहरूको राम्रो उपचार गरेको भन्दै फोर्स कमान्डरले प्रशंसा गरेको हो ।
उक्त कार्यमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्वीकृति पश्चात United Nations interim Force in Lebanon (UNIFIL) उप सेनानी रक्षा भण्डारीको नेतृत्वमा नेपाली सेना स्वास्थ्यकर्मी टोली सहभागि भएको थियो ।
नेपाली सेनाले स्वदेश वा विदेशमा विपदको समयमा सहयोग गदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७