कैलाली । बसको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। नेपाली काँग्रेस क्षेत्र नम्बर २ की कोषाध्यक्ष भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो ।
बिहीबार बिहानदेखि सुखडस्थितपूर्व–पश्चिम राजमार्ग अवरुद्द भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालयमा अहिले छलफलसमेत चलिरहेको जनाइएको छ। बुधबार साँझ लम्की–चुहा नगरपालिका ३५ वर्षीया रेग्मीको बसको ठक्करबाट मृत्यु भएको थियो।
बर्दगोरिया गाउँपालिका ४ चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाइकलमा सवार रेग्मीलाई सोही दिशातर्फ गईरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको हो। मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका रामबहादुर चौधरी घाईते भएका छन्।
ठक्कर दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलयसुखडलृ जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७