काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरूले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । दुवैले कोरोना जितेकोमा हरिबंशले खुसी समेत व्यक्त गरेका छन् ।
श्रीमानसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै —धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७