काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७० सय रुपैयाँ तोकिएको छ।
बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
तर चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य १२ सय ३० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७