भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७६ लाख ५१ हजार १०८ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा ५४ हजार ४४ नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख १५ हजार ९१४ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७१७ जनाको मृत्यु भएको हो। अहिलेसम्म भारतमा ६७ लाख ९५ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन्।
अमेरिकापछि विश्वभर कोरोनाबाट दोस्रो सबैभन्दा प्रभावित मुलुक भारतमा पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आएको छ। यससँगै भारतमा कोरोना संक्रमण उत्कर्षमा पुगिसकेको विशेषज्ञहरुले बताएका छन्। तर केहीले भने पुनः भारतमा कोरोना संक्रमण फैलिन सक्ने बताएका छन्।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७