काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाका ३७०० भन्दा बढि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल बैकर्स संघले जनाएको छ । बैकर्स संघले एक सूचना जारी गर्दै दशैँ अवधीको पाँच दिन कुनै पनि बैंकका शाखाहरु नखुल्ने प्रष्ट पारेको छ ।
संघद्वारा जारी सूचना अनुसार आगामी कार्तिक ७ गते (शुक्रबार) देखि नै बैंकका सबै शाखा कार्यालयहरू बन्द हुनेछन् । र दशैँ सकिएपछि कार्तिक १२ गतेदेखि मात्रै बैंकका शाखा कार्यालयहरू नियमित सुचारु हुनेछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७