काठमाडौं। नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
चौधरीले आफूलाई हालसम्म कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहमा आइसोलेसनमा रहेको पनि जानकारी दिएका छन्।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७