काठमाडौं । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला ९४ हजार ७ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ, मंगलबार प्रतितोला ३० रुपैयाँले बढेर चाँदीको मूल्य १ हजार २ सय ४० रुपैयाँ पुगेको छ। यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपैयाँ थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७