काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७