मोटिभेसनल स्पिकर मानसी अग्रवालले सत्ता र शक्तिले मात्र नेतृत्व नहुने बताएकी छन् । उनले नेतृत्वले अधिकार होइन जिम्मेवारी बहन गर्ने बताइन् । नेपालमा पहिलो पटक मास्टर चेतना कोच इन्द्र गुरुङ, मनोपरामर्शदाता राजेश्वरी श्रेष्ठ र भिजनरी इन्टरनेसनले आयोजना गरेको लाइभ ३६० डिग्री भर्चुअल कार्यक्रममा बोल्दै उनले भनिन्, ‘जिम्मेवारी लिनका लागि कुनै पद चाहिदैन ।’
नेपाल घुम्नै नहुने ७ कारण उल्लेख गरेको एक भिडियोका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेकी अग्रवालले एउटा प्रसङ्गसुनाइन्, ‘एक पटक धुलिखेल घुम्न जाँदा हाम्रो दुर्घटना भयो । सयौँ मानिस जम्मा भए । ६ जनाले हामीलाई उद्धार गरे । एक महिला आएर भनिन्, यहाँ दुर्घटना एक बालक पनि थिए भन्ने सुने अहिले उसलाई कस्तो छ भनेर सोधिन् । अरु धेरै मान्छेलाई त्यो मतलब थिएन । नेतृत्व गर्ने मान्छेले जिम्मेवारी लिन्छ । अरुलाई प्रेरणा र साथ दिन्छ ।’
उनले धेरै युवाहरू नेपालमा धेरै समस्या देखाएर पलायन भइरहेको बताउँदै भनिन्, ‘समस्या छ र त यहाँ अवसर छ । मेरा श्रीमान रोशन श्रीवास्तव सडक बत्ती नभएर अँध्यारो भयोको महसुस गरेपछि सोलार बत्ती राख्ने जुक्ती निकाल्नुभो । यस्तै उद्यमीले समस्याबाट नयाँ सिर्जना गर्दछ ।’
उनले आफ्नो भाइरल भिडियोका कारण दर्जनौं देशबाट प्रतिक्रिया आइरहेको बताइन् । केही व्यक्तिलाई मात्र नेपाल भ्रमण गराउने सोचका साथ तयार भएको भिडियोका कारण आफूले धेरै माया पाएको बताइन् ।
सो लाइभ ३६० डिग्री कार्यक्रमले जीवन रूपान्तरणको जिम्मेवारी लिएर काम गरेको बताइन् । कार्यक्रममा विभिन्न देशमा बसोबास गर्ने नेपालीको सहभागिता थियो । कार्यक्रममा मास्टर चेतना कोच इन्द्र गुरुङ, मनोपरामर्शदाता राजेश्वरी श्रेष्ठ,सञ्चार विज्ञ अनिता गुरुङ, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जीवन ररूपान्तरणको कला सिकाएका थिए । कार्यक्रमको अन्तिम दिन भर्चुअल रुपमा कन्सर्टसमेत गरिएको थियो । सायद नेपालमा पहिलो पटक यो क्षमताको भर्चुअल कार्यक्रम भएको हो । कात्तिक १ देखि ३ गतेसम्म भएको सो कार्यक्रममा कोभिडसंक्रमितहरुलाई निशुल्क प्रवेश गराइएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७