नायक सञ्जय दत्तको क्यान्सर मुक्त भएका छन् । उनका नजिकका साथी तथा ट्रेड एनालिस्ट राज बंसलले यसबारे जानकारी दिएका हुन्।
भारतीय मिडिया दैनिक भास्करले कोकिलाबेन अस्पतालको स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन्। सञ्जय दत्त र उनकी श्रीमती मान्यताले पनि आधिकारिक बयान दिने अनुमान गरिएको छ।
सोमबार ६१ वर्षका सञ्जुको पोजिट्रोन एमिशन टेमोग्राफी (पीईटी) रिपोर्ट आएको छ जसमा उनी क्यान्सरबाट मुक्त पाइएका छन्। पीइटी स्क्यान क्यान्सरको सबैभन्दा प्रमाणित परीक्षण मानिन्छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७