काठमाडौं । गृह मन्त्रालयले दशैँको समयमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्ने निर्देशन दिएको छ। चाडपर्वमा मानिसहरूको आवागमन बढ्ने र यसले स्वास्थ्य चुनौती ल्याउन सक्ने भन्दै दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि हरसम्भव प्रयास गर्न मन्त्रालयले निर्देशन दिएको हो।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चाडपर्वका बेलामा सुरक्षा चुनौतीसँगै कोरोना रोकथाम र नियन्त्रणका कामहरू जटिल हुँदै गएको उल्लेख गरिएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७