धनगढी । प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन भएको छ । मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा आज प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्दै बजार बन्द समेत गराउन थालेका छन् । बिकको विभत्स हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
गस्तीमा गएका असई बिक आइतबार बिहान विभत्स हत्या गरी उनको शव मोहना नदीमा फेलम परेको थियो । उनको घाँटी र गर्धन रेटिएको थियो भने बिकसँगै गस्तीमा निस्किएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेको र उनको खोजी कार्य जारी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७