काठमाडौँ। खोटांग रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र गरीब घर परिवारलाई चाड मनाउन राहत सामग्री उपलब्ध गराइएको छ ।
नजिकिँदै गरेको चाड दशैँतिहार तथा छट पर्व मनाउन गाउँपालिकाले प्रतिघर परिवार ३० किलोग्राम चालम, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराएको हो ।
गाउँपालिकाभित्र बसोबास गर्दै आएका ४१५ घर एकल महिला, दलित र गरिब परिवारलाई रु नौँ लाख ६३ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले वताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७