काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ। यातायात व्यवस्था विभागले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नु नियम लागू गरेको जनाएको छ ।
यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विभागको विश्वास छ। यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो। अब भने मास्कसँगै फेस सिल्डको पनि अनिवार्य प्रयोग गर्नुपर्ने छ ।
उक्त निर्णय कार्यान्वयन गराउन ट्राफिक प्रहरी लगायत सबै निकायलाई जानकारी गराइसकिएको विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७