काठमाडौँ। रौतहटको देवाही गोनाही नगरपालिका टिकुलियाका महेश तिवारी दम्पत्तिमाथि सांघातिक आक्रमण भएको केही समय नबित्दै गएराति मौलापुरमा फेरि एक दम्पत्तिमाथि आक्रमण भएको छ ।
मौलापुर नगरपालिका वडा ५ पतौरा गाँउका ३५ बर्षिय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि सांघातिक हमला भएको छ ।शनिवार राति १ बजेको समय आफ्नै घरमा सुतिरहेका साह दम्पत्तिमाथि धारिलो हतियारले आक्रमण भएको छ ।
धारिलो हतियारको आक्रमणले हरीन्द्र साहको दाहिने कानको छेउमा र शिला देवीको दाहिने पाखुरामा चोट लागेको छ ।उनीहरुलाई गम्भिर अवस्थामा तत्कालै उपचारको लागि एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल बिरगंज पठाइएको थियो ।
रातभरीको उपचारपछि दुबैजनाको अवस्था सुधार हुँदै गएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्सपेक्टर राकेश यादवले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७