हास्यकलाकार हरिबंश आचार्य र उनकी पत्नी रमिला पाठक कोरोना संक्रमित भै घरमै बसिरहेका छन्। नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेका बेला आसन्न चाडवाडमा यसले थप भयावह रूप लिन सक्ने हुनाले सचेत रहन वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आग्रह गरेका छन्।
पूर्ण रूपमा सचेत हुँदाहुँदै आफू र आफ्नो श्रीमतीलाई कसरी कोरोनाभाइरस सङ्क्रमण भयो भन्नेब कुरा अहिलेसम्म पत्तो नपाएका आचार्य विगत केही दिनयता होम आइसोलेशनमा छन्।
यस पटकको दशैँमा विशेष सतर्क रहनुपर्ने बताउँदै उनले भने, "टीका थाप्न मकहाँ पनि नआउन आग्रह गर्दछु र म तपाईँ कहाँ आइन भने पनि नरिसाउनुहोला।"यसपालिको दशैं कोरोनाले मनाओस हामी अर्को पाली मनाउला भन्दै उनले सबैलाई सचेत रहन आग्रह गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७