टेलिभिजनको लोकप्रिय तथा फिल्ममा एक अलग पहिचान बनाएकी मौनी रायले कोरोना भाइरस सात पटक जाँच गराएकी छिन् । तर सुखद कुरा उनको सातौ पटक पनि रिपोर्ट नेगेटिभ आएको थियो ।
उनले सात पटक सम्म कोरोना जाँच गराउनु चाही किन आवश्यक प¥यो त्यो भने सबैको मनमा प्रश्न उठेको छ । कोविड–१९ ले भारतमा लकडाउन हुँदा मौनी राय संयुक्त अरब (युएई) मा थिइन् । भारतमा आउन सकेकी थिइनन् ।
यसै क्रममा उनी एक वेब शोको लागि युके गइन् । त्यहाँ उनले सुर्टिङ गरिन् । मालदीवमा सुटिङ गरेर भारतमा फर्किइन् । यसरी उनले अलग–अलग देशमा यात्रा गरेकाले र सुटिङ गरेका कारण कोरोना भाइरस जाँच सात पटक गरेकी हुन् ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७