काठमाडौँ। जब महिला हिंसाको कुरा आउँछ, तब भारतका सर्वाधिक खराब तीन राज्यमा हरियाणाको नाम पर्छ । भारतको राष्ट्रिय अपराध तथ्याङ्क ब्युरो (एसिआरबी) को तथ्याङ्कले यस्तै भन्छ ।
२०१९ को सरकारी आँकडाअनुसार यस राज्यमा प्रति १ लाख जनसंख्यामा १ सय ८ दशमलव ५ को दरले महिलाविरुद्धको अपराध घटेको थियो । आसाम र राजस्थान पनि महिला हिंसाका कारण बद्नाम छन् ।
हरियाणामा महिला हिंसाको दर्दनाकउदाहरण बुधबार फेला परेको छ । ३५ वर्षीया एक भारतीय गृहिणीलाई उनका श्रीमान्ले १ वर्ष ६ महिनाभन्दा लामो समयदेखि ट्वाइटलेटमा थुनेर यातना दिएका रहेछन्, यी महिलालाई बुधबार प्रहरीले उद्धार ग¥यो ।
श्रीमान्ले आफ्नी श्रीमती मानसिक रुपमा अस्थिर रहेको दाबी गरेका छन्, यद्यपी उद्धारकर्ताहरुले यसलाई अस्विकार गरे । यी महिलाका श्रीमान् नरेशले धेरैपटक डाक्टरलाई देखाउँदा पनि स्वास्थमा सुधार नआउपछि कठोर कदम चाल्न बाध्य भएको बयान प्रहरीमा दिएका छन् । बयानअनुसार उनले दिएका कुनै पनि निर्देशनहरु श्रीमतीले मान्ने गर्दिनन् ।
सोनाली प्रहरी चौकीका प्रमुख सुरेन्द्रर दहियाले घरेलु हिंसाअन्तर्गत मुद्दा दर्ता गरिएको बताए । यो जोडी १७ वर्षअघि विवाह बन्धनमा बाँधिएको थियो, उनीहरुका तीन छोराछोरी छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७