काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य भने बिहीबार बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७