काठमाडौं । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने तय भएको छ। कोरोना भाइरसका कारण उनी नेपाल आउने यसअघिको पूर्वनिर्धारित कार्यक्रम रद्द भएकोमा पुनः नयाँ मिति तय भएको हो।
स्थलसेनाध्यक्ष नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। भ्रमणका अवसरमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७