काठमाडौँ। पछिल्लो २४ घन्टामा देशभर २६३८ कोरोना संक्रमित थपिए छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हु्न्। यो संगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३६,३६७ पुगेको छ। २४ घन्टामा उपत्यकामा मात्रै १४०३ जना कोरोना संक्रमित थपिएका छन्।
उनका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ ।
त्यसैगरी २४ घण्टामा २ हजार १७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।हालसम्म संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७