काठमाडौँ । काकात्तिक ७ देखि क्लिन–फिड लागू हुनेत्तिक ७ गतेदेखि सरकारले नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ। नेपालमा विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रसारण गरेमा सरकारले च्यानल बन्द गर्ने चेतावनी दिएको हो।
विज्ञापनरहित च्यानलमा नेपाली विज्ञापन पनि नराख्न संसदीय समितिले यसअघि नै सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयलाई निर्देशन दिइसकेको छ।
विज्ञापन (नियमनगर्ने) ऐन, २०७६ अनुसार कात्तिक सात गतेदेखि नेपालमा क्लिन–फिड लागू हुने मन्त्रालयले जानकारी गराएको छ।
यसअघि क्लिन–फिड लागू गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केवल टेलिभिजसंघहरुले आग्रह गरेका थिए।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७