काठमाडौं । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार १ सर रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। मङ्गलबारको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १२ सय ५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७