काठमाडौँ। २०७२ साल बैशाख १२ गतेको बिनासकारी भुकम्पबाट क्षतिग्रस्त श्री मा.वि.मरिण,खयरसाल सिन्धुलीको भवन पुनर्निर्माण पछि हस्तान्तरण गरिएको छ। कोभिड–१९ को महामारीका बावजुद पनि समयमा भवन निर्माण सम्पन्न गरि असोज २६ गते हस्तान्तरण गरिएको हो।

पुनार्निर्मित भवन मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले उद्घाटन गरेका थिए। नेपाल सरकार,राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वायन इकाईको DRSPI कार्य अन्तरगत भवन पुनर्निर्माण भएको हो।

जसको परामर्शदातामा यु. यम, ए इन एसोसिएसन विथ इ. आर. यम. सि..पि. यस. र पि. आर. सि. यस. रहेका छ । अवस्था प्रतिकुल हुँदा हुँदै पनि सबैको सहकार्यमा भवन निर्माण गरि समयमै हस्तान्तरण भएपछी बिद्यालय परिवार र स्थानीय समुदाय खुशी देखिएका छन्।






प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७