काठमाडौँ। अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको बिरोध हुन थालेको हो।
समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो । ‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि निसानामा परेका छन् । हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज समेत गुन्जन थालेका छन् ।
सामाजिक संजालमा कार्यक्रमको चर्काे बिरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाउदै चर्काे विरोधसमेत गरेका छन् ।बहुसंख्यक हिन्दुहरुको आस्थामाथि उक्त कार्यक्रमले प्रहार गरेको भन्दै सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७